पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा सभागृहमा आयोजीत १३ औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट सार्वजनिक गरेकी हुन् । गुरुङले चालु आवमा भन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट नगर सभामा प्रस्तुत गरेकी हुन् ।
संघीय सरकार अनुदानबाट बजेटको स्रोतमध्य संघीय सरकारबाट प्राप्त हुने अनुदान २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार रहेको छ भने,संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छ ।
प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ । आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख उठाउने महानगरको अनुमान रहेको गुरुङले बताइन् ।
स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । गुरुङले ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने बताइन् ।
बजेटको ठुलो रकम पूर्वाधारमा छुट्याइएको छ भने, कृषि, पर्यटन र स्वास्थ्य र वातावरणका लागि बजेटले प्राथमिकता दिएको छ ।
सबैभन्दा धेरै बजेट पूर्वाधारतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तै पर्यटन शहरी विकास तथा वातावरण तर्फ ७० करोड, नगर कार्यपालिकाको कार्यालय तर्फ ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकास तर्फ ६ करोड ५० लाख, आर्थिक विकास तर्फ १० करोड, वडा कार्यालत तर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरुका लागि १४ करोड, संघीय शर्सत अनुदानत २ अर्ब २३ करोड ६२ लाख र प्रदेश शसर्त अनुदान तर्फ ८० लाख तथा शहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ ह्जार बजेट बिनियोजना गरिएको छ ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको जानकारी दिइयो । चालु आर्थिक वर्षमा ७० प्रतिशत बजेट खर्च हुने महानगरको अनुमान छ ।
बजेटको पुरा विवरण हेर्न तलको लिंकका क्लिक गर्नुहोस् ।