शेयर बजारमा सामान्य अंकको सुधार

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकको सुधार भएर बन्द छ । आज नेप्से ४.७५ अंकले बढेर दुई हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको थियो ।

आज तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १४७ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सिटी होटल्स, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल्सको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • ७ असार २०८०, बिहीबार १८:०० प्रकाशित