काठमाडौँ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समेत घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको प्राधिकरणले जनाएको छ ।
मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो लगत्तै बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो।
प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ।














