आज डलरको भाउ बढ्यो : कतिमा हुदैंछ कारोबार ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिदर १३१ रुपैयाँ १० पैसा खरिददर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।हिजो डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा थियो ।

यस्तै युरोको पनि मूल्य बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा बिक्रीदर १४३ रुपैयाँ ९२ रहेको छ ।हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८ रुपैयाँ ३५ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

  • ६ असार २०८०, बुधबार ११:२६ प्रकाशित