नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।

 

उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

कार्की नाम प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज नै प्रधानन्यायाधीश नियुक्त गरेका थिए।

संविधान अनुसार राष्ट्रपतिको शपथ ग्रहण प्रधानन्यायाधीशबाट हुन्छ भने प्रधानन्यायाधीशको शपथ राष्ट्रपतिले गर्ने ब्यवस्था रहेको छ।

  • १ असार २०८०, शुक्रबार १८:३७ प्रकाशित