पोखरा ।
गण्डकी प्रदेश सरकारले आज बजेट प्रस्तुत गरिरहेको छ ।
जसमा गण्डकी सरकारले उत्पादनको आधारमा अनुदान दिने बताएको छ। अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् ।
उत्पादनमा आधारित अनुदान दिनका लागि सरकारले ७ करोड ३० लाख रुपैयाँ छुट्याएको छ ।कृषि फार्म सञ्चालनमा ल्याइ, कृषि र उद्योगबीच करार गरी आलुखेती र चैते धान खेतीका लागि सरकारले ८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कृषि उपजको उत्पादन पश्चातको क्षति न्यूनिकरण र बजारीकरणको प्रवर्द्धन गर्न शित भण्डारण कार्यक्रममा प्रोत्साहन गर्न ४ करोड ८५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
कृषिको आधुनिकीरण र विशिष्टीकरणका लागि संघ सरकारको समन्वयमा प्रदेशका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठ फल र शितोष्ण फलफूल खेतीको उत्पादन र प्रवर्द्धनका लागि २४ करोड ८ लाख रुपैयाँ विनियोजन भएको छ ।













