शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै संसद् अगाडि प्रदर्शन, दर्जन बढी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हुन् । सो क्रममा दर्जन बढी प्रर्दशनकारी पक्राउ परेका छन् ।संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना पक्राउ परेका हुन् ।

प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के।सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल पक्राउ परेका छन् ।

अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार १४:१४ प्रकाशित