समुदाय खोज तथा उद्दार प्रशिक्षण तथा सिमुलेशन सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दार सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थको प्रमूख आतिथ्यतामा एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाट भुकम्प, आगोलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्बन्धी सिमुलेशन प्रदर्शन र सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो ।

वर्षाको समयमा बाढी पहिरो लगायत अन्य प्रकारका विपद्‍मा परी खोचमा फस्ने घटनाहरु धेरै हुने गर्दछन, खोच तथा भिरको नजिक पुग्नु यो समयमा बढी खतरा हुन्छ । त्यस्तै घर तथा पसलहरुमा ग्यास तथा विद्युतिय सर्टबाटहुने आगोलागिजन्य विपद्का घटनाहरु पनि दिनानुदिन बढ्दै गईरहेका छन ।

आम नागरिकहरूले त्यस्ता विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पन्थले प्रहरीद्वारा गरीएका विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

विपद व्यवस्थापनको समयमा सम्पुर्ण सुरक्षा निकाय तथा स्थानिय नागरिकहरुको समन्वय महत्वपुर्ण हुने बताईएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगा थापाले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा सिमुलेशन अभ्यासको विषयमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले प्रस्ट पारेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवेदी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा का प्रहरी उपरीक्षक खडक बहादुर खत्री , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक सुमन तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

  • २५ जेष्ठ २०८०, बिहीबार ०९:३१ प्रकाशित