पोखरा ।
गण्डकी सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पुराना कार्यक्रमलाई निरन्तरता केही कार्यक्रम परिमार्जन गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।
कृषिमा गण्डकी सरकारले उत्पादन केन्द्रित अनुदान दिने भएको छ । यस्तै कृषिमा १० ‘झो रहन्न खेतबारी’भन्ने अभियान संचालन गरिने, बाँदर प्रभावित क्षेत्रहरुलाई केन्द्रित गरि दुग्ध तथा मासुजन्य उत्पादनमा जोड,३ हिमाली तथा उच्च पहाडी भेगमा हुने उत्पादनलाई ब्राण्डिङ तथा बजारिकरणमा प्रोत्साहन गरिने,‘उत्पादनमा आधारित अनुदान’ उपलब्ध गराई बजारको सहजिकरण र सुुनिश्चितता गरिने, ‘पाईलट प्रोजेक्ट’ का रुपमा कृषि उत्पादनमा आधारित कार्यक्रमलाई जोड दिईनेर कृषकहरूलाई ‘बाली बीमा निःशुल्क’ हुने गरी बीमा प्रिमियममा सहुलियत दिईने सरकारको नीति तथा कार्यक्रम छ ।
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो । सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थामा ओपीडी टिकट निशुल्कमा गदैँ अमेर हद तोकेको छ । १० वर्ष भन्दा कम उपमेरका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकले उक्त सेवा पाउने छन् । उक्त उमेर समूहले प्रयोगशाला सेवा समेत निशुल्क पाउने छ ।
प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने प्रदेश प्रमुखले बताए ।
यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।
पुराना कार्यक्रमलाई निरन्तरता दिदै एक निर्वाचन क्षेत्र एक सडक, मुख्य राजमार्ग देखी पालिका जोड्ने सडक साथै प्रदेश गौरव र रणनीतिक महत्वका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
संघ सरकारले जस्तै प्रदेश सरकारले पनि गाँजा खेतिको सम्भाब्यता अध्यन गर्ने बताएको छ ।
खेलकुद तर्फ सबैका लागि खेलकुद भन्ने नाराका साथ प्रदेशको सबै खेल खेल्न मिल्ने रंगशाला निर्माण गर्ने नीति तथा कार्याक्रममा समावेस गरिएको छ । एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई स्थानीय तहको सहकार्यमा निरन्तरदा दिइने छ ।
प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न पुराना, ऐतिहासीक र सास्कृतीक सहर र गाउलाई सुरक्षित सुविधा सम्मपन्न आर्थिक समृद्धि तर्फ उन्मुख गर्न नयाँ पर्यटकिय आकर्षणका रुपमा विकास गर्ने सरकारले घोषणा गरेको छ । दुइ पालिका जोडेने सडकलाई पनि यस पटक थप गरिएको छ । स्थनीय तहर वडाको केन्द्रको सडक निर्माण र सुधारका कार्यक्रम सुरु गरिने छ ।
तनहुँको भिमाद हुदैँ नवलपुरको डेढकागाउ, झ्यालवास खण्ड, बागलुङको काठेखोलादेखी गलकोट, नरेठानसम्म याम्दीको डाडाँ देखी मुस्ताङको घाँसासम्म र लम्जुङको सितलपार्टी देखी ना ल्मा फेदी सम्म सुरुङ मार्गको अध्यन गरिने छ ।
निजी क्षेत्रको सहभागीतामा निर्माण हुन लागेको विरेढाटी देखी मुक्तीनाथसम्मको केवरकार परियोजनाका लागि सहजिकरण गरिने छ । नयाँ केवलकार निर्माणला समेत सरकारले प्राथमिकतामा राखेको छ ।
सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दलले भने प्राण नभएको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए । दलका नेता खगराज अधिकारीले यसमा गती पनि नभएको र प्राण पनि नभएको बताए । प्रतिपक्षले दिएको सुझावलाई समेत वेवास्ता गरिएको उनले बताए ।
यस्तै सक्ता पक्ष सांसद नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका कार्यक्रमलाई निरन्तरता र केही योजना पुनरावलोकन गदै नयाँ नीति लिएको प्रतिक्रिया दिए । उनले अग्रगामी खालको नीति कार्यक्रम आएको ताए ।नेपाली कांग्रेसका सांसद डिल्लिराम सुवेदीले नीति तथा कार्यक्रमले विगतलाई निरन्तरता दिने र आगामी कार्ययोजना बनाउने उदेश्य लिएको बताए ।