बुटवल ।
कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुले चक्कु प्रहार गरि कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीले मोहनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।













