गृह सचिवमा दिनेश भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले गृह सचिवमा दिनेश भट्टराईलाई जिम्मेवारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका भट्टराईलाई गृहमा सरुवा गरेको हो ।

हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । निवर्तमान गृहसचिव टेक नारायण पाण्डेलाई यसअघि सरकारले उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको थियो ।

  • २७ बैशाख २०८०, बुधबार १६:११ प्रकाशित