टोपबहादुर रायमाझीको खोजी भइरहेछ : काठमाडौं प्रहरी प्रमुख

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।

यसअघि रायमाझी भैरहवाबाट पक्राउ परेको भनिएको थियो । यद्यपि प्रहरीले भने पुष्टि गरेको थिएन ।काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।

  • २१ बैशाख २०८०, बिहीबार १३:५९ प्रकाशित