विराटनगर ।
अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको छ ।
विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
भिडियोमा विमानस्थलको अवस्था यस्तो छ (भिडियो सौँजन्य Samrat Chauhan)