शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न, मतगणना आज रातिबाट

केन्द्रभाग मिडिया

पोखरा ।
प्रतिनिधि सभा सदस्य चयनका लागि आज तीन क्षेत्रमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सकिएको छ । तनहुँ– १ मा ५१ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बारा–२ मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै चितवनमा ५९ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

मंसिरमा भन्दा उपनिर्वाचनमा कम मत खसेको छ ।आयोगले आजै राति ९ बजेबाट मतगणना सुरु गर्ने जनाएको छ ।

  • १० बैशाख २०८०, आईतवार १७:५५ प्रकाशित