तनहुँ ।
उपनिर्वाचनका कारण आज पृथ्वी राजमार्ग बन्द रहेको छ । आज पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।तनहुँ–१ निर्वाचन क्षेत्रमा आज(आइतबार) उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।
मुलुकको प्रमुख पर्यटकीय शहर पोखरा आउने मुख्य राजमार्ग भएकाले यो सडक बन्द हुँदा धेरै पर्यटक र सर्वसाधारण प्रभावित भएका छन्














