स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी उपनिर्वाचनमा तनहुँ १ मा रास्वपाबाट उम्मेदवार उठेका डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने कार तोडफोड भएको छ ।

तनहुँको व्यास नगरपालिका(३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको कार गएराती तोडफोड भएको बताइएको छ।

बा ११ च ४२५० नम्बरको रोकिराखेको कारको तोडफोडबाट बायाँ भागको सिसा फुटेको छ । कार कसले तोडफोड गर्यो भन्ने बारे अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।

  • ८ बैशाख २०८०, शुक्रबार ११:१५ प्रकाशित