काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा सोधपुछका लागि ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको चितवन प्रहरीले जनाएको छ।
लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।













