एमाले अध्यक्ष ओली अस्वस्थ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीले सामाजिक संजालमा स्टाटस् लेख्दै आफु अस्वस्थ भएको जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले भाइरल ज्वरोले स्वास्थ्यमा समस्या देखिएको र अहिले एन्बियोटिक औऔषघी सेवन गरीरहेको बताएका छन् । स्वाथ्यका कारण चुनावी कार्यक्रममा सहभागी हुन नसकेको बताउदै अध्यक्ष ओलीले तीनै निर्वाचन क्षेत्रमा सक्षम उम्मेदवार उठाएकाले मतदान गर्न आग्रह गरेका छन् ।

यस्तो छ अध्यक्ष ओलीको स्टाटस् :

सबैलाई नमस्कार

भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  • ३ बैशाख २०८०, आईतवार १७:३० प्रकाशित