रुबी खानले अनसन तोडिन् : माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

१२ दिनदेखि अनसनरत रुबी खानले आज अनसन तोडेकी छिन् ।

रुबी र सरकारबीच सहमति भएपश्चात रुबीले अनसन तोडेकी हुन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै काठमाडौं आएर प्रहरीले धरपकड गरेपछि रुबी अनसन बसेकी थिइन् ।

गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने लिखित सहमित भएसँगै खानले अनसन स्थगित गर्न तयार भएकी हुन् ।

उनलाई मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।समितिले सत्यतथ्य बाहिर नल्याए कडा आन्दोलन गर्ने रुबीले बताइन्।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले अख्तियारी पाएको छ। उनले दोषी देखिएकालाई कारबाहीको माग गरेकी छन्।

  • २ कार्तिक २०७८, मंगलवार १५:२१ प्रकाशित