काठमाडौं ।
सरकारले नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले सिफारिस गरेका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको छ ।चैत १३ गते चारै जना डीआईजीलाई एआईजीमा बढ्वा गर्न बढुवा समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।













