रेड अर्लटः महाकाली आसपासका बस्ती डुबानमा

केन्द्रभाग मिडिया

File photo

कैलाली ।

आइतबारदेखिको निरन्तरको वर्षाले महाकाली नदीको बाढीले खतराको सतह पार गरेको छ ।आज बिहानको मापनअनुसार महाकाली नदीको पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

प्रहरीको अनुसार नदीमा बाढी आउने क्रम जारी रहेको छ । साथै आसपासका बस्ती डुबानमा परेका छन् ।नदीमा खतराको संकेत निकै माथि पुगेकाले सर्तक रहन प्रहरीले स्थानीय बासीलाई आग्रह गरेको छ ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । नदी किनारका बस्तीहरूमा पनि डुबानमा पर्न थालेको उनले बताए ।

यता कर्णाली नदीले पनि सतर्कता तह पार गरेको छ । जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पानीको सतह १०.५० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो ।

  • २ कार्तिक २०७८, मंगलवार ०९:३६ प्रकाशित