पोखरा ।
पोखरामा जारी एसियन ट्राइयाथोलन कपको उपाधी पुरुष तर्फ लक्जम्बर र महिला तर्फ स्लोभाकियाले जितेको छ । पुरुष तर्फ भएको प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित दुरि ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पहिलो भएका हुन ।
यस्तै उज्वेकिस्तानका एलेक्सन्द्र क्रुसोभ २ सेकेन्डले पछि पर्दै दोश्रो भए । उनले कुल ५५ मिनेट ५७ सेकेन्डमा पूरा गरे ।
लक्जम्बरका स्टेफन जाचाउसले निर्धारित दुरी ५६ मिनेट १ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । जापानका क्योटारो योसिकावाल ५६ मिनेट ९ सेकेन्डमा निर्धारीत दुरी पूरा गर्दै सान्त्वना भए ।
महिला एसिया इलाइट तर्फ स्लोभाकियाकी मार्गरेट बिकानोभा प्रथम भइन । उनले कुल १ घण्टा ४ मिनेट ५१ सेकेन्डमा पूरा गरिन । त्यसैगरी जापानकी मिनोरी केनो दोस्रो भइन । उनले १ घण्टा ५ मिनेट १८ सेकेन्डमा पूरा गरिन । जापनकै चिसतो नाकाजिमाले १ घण्टा ५ मिनेट ३० सेकेन्डमा निर्धारीत दुरी पूरा गदैँ तृतीय भइन् । रोमानियाकी एन्टोनेला मानकले १ घण्टा ६ मिनेट ४ सेकेन्डमा दुरि पूरा गर्दै सान्त्वना स्थान हासिल गरिन ।
यस्तै साउथ एसिया कप च्याम्पियनसिप इलाइट पुरुष तर्फ भारतका आदर्श मुरारिधर १ घण्टा ४ मिनेट १६ सेकेन्डमा दुरि पुरा गदै प्रथम भए । भारतकै विश्वनाथ यादवले १ घण्टा ६ मिनेटमा २५ सेकेन्डमा उक्त दुरी पुरा गरे । नेपालका वसन्त थारुले १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गर्दै तेस्रो भए । नेपालका दिपेश चौधरीले कुल १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दुरि पूरा गर्दै सान्त्वना स्थान हासिल गरे ।
नेपाल तर्फको राष्ट्रिय ट्राइयाथोलन इलाइट पुरुष तर्फ वसन्त थारु प्रथम भए । थारुल१ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गरे । दिपेश चौधरीले कुल १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दुरि पूरा गर्दै दोस्रो भए । मौलिक महर्जनले १ घण्टा ११ मिनेट ३ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । शुसिम चित्रकारले कुल १ घण्टा १५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै सान्त्वना भए ।
साउथ एसिया इलाइट महिला तर्फ भारतकी प्रज्ञा मोहनले १ घण्टा १२ मिनेटमा पूरा गदौ प्रथम भईन् । भारतकै मान्सी मोहितले १ घण्टा १३ मिनेट ४७ सेकेन्डपूरा गरि दोस्रो भइन । नेपालकी श्रेबी महर्जन तेस्रो भइन । उनल १ घण्टा १८ मिनेटमा पूरा गरिन । नेपालकै केशरी मगरले १ घण्टा ३२ मिनेटमा पुरागर्दै सान्त्वना भइन ।
यस्तै महिला एसियन च्याम्पियनसिप तर्फ भारतकी संजना सुनिल जोशी प्रथम, नेपालकी श्रेवी महर्जन दोस्रो र देविका शर्मा तेस्रो भइन ।
प्रतियोगितामा १९ राष्ट्रका पुरुष ४७ र महिल १९ खेलाडिको सहभागिता रहेको छ ।