काठमाडौं ।
भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको छ । मछिन्द्र क्लब स्रोतका अनुसार दुवै पक्षले लिग खेल्नका लागि सम्झौता गरिसकेका छन् । ‘सबै प्रक्रिया पूरा भइसकेपछि औपचारिक रुपमा सार्वजनिक घोषणा गरिनेछ’, क्लबले भन्यो।
चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनल होडबाट बाहिरिसकेको छ ।













