पोखरा ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ ।
सम्मानित हुनेकम करन केसी र अन्डर–१९ वर्ल्डकपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने दिपक डुम्रे,अर्जुन कुमाल र सुवास भण्डारीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सम्मान गरेको हो । सरकारले उनीहरुलाई जनही ५० हजार उपलब्ध गराएको छ ।
सामाजिक मन्त्रालयमा मंगलबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले सम्मान गरे ।