राहुल गान्धीको संसद् सदस्यता खारेज

केन्द्रभाग मिडिया

भारतीय कांग्रेस नेता राहुल गान्धीको संसद सदस्यता खारेज भएको छ ।

चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका हुन्। यो जानकारी लोकसभा सचिवालयले जारी गरेको सूचनामा दिइएको हो ।

केरलाको वायनाड लोकसभा सीटका सांसद राहुल गान्धीलाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको छ ।यस्तो भारतीय संविधानको अनुच्छेद १०२९१० र जन प्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ । यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।

सन् २०१९ को यो मामला राहुल गान्धीले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ, जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरको उपनाम कसरी मोदी भयो ?’

  • १० चैत्र २०७९, शुक्रबार १५:१६ प्रकाशित