काठमाडौं ।
यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।
लिग टू अन्तर्गत जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९।२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो हो ।दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको श्रृखलाअन्तर्गत नेपालको यो तेस्रो खेल हो ।
पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।
पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०।३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो ।
टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे ।लगत्तै अर्को ओभरमा कुल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे ।