काठमाडौं ।
यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ ।
घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसीले स्वीकृत गरेको हो ।
आइसीसीको स्वीकृतीसँगे सन्दीप लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।
यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् ।
तर सोमबार सर्वोच्च अदालतले सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो । नेपालले भोलि (बिहीबार) यूएईसँग खेल्दै छ ।