अभिनेता पल शाहले पाए सफाई, भोलि जेलमुक्त हुने

केन्द्रभाग मिडिया

पोखरा ।
अभिनेता पल शाहले अदालतबाट सफाइ पाएका छन् । आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको छ ।

जिल्ला अदालत नवलपुरले गरेको निर्णयमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै शाह जेलमुक्त हुने भएका छन् । नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

 

  • १४ फाल्गुन २०७९, आईतवार १८:३१ प्रकाशित