काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ७० नम्बर ल्याए पनि सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुई थरि लाइसेन्स हुने बताए ।
प्रतिनिधिसभामा बोल्दै उनले ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रुपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड गलत भएको बताए ।













