टर्की–सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ८ हजार नजिक

केन्द्रभाग मिडिया

People and emergency teams rescue a person on a stretcher from a collapsed building in Adana, Turkey, Monday, Feb. 6, 2023. A powerful quake has knocked down multiple buildings in southeast Turkey and Syria and many casualties are feared. (AP/PTI)(AP02_06_2023_000073B)

एजेन्सी ।

टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ ।

टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् । यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भवन ध्वस्त भएका छन् जबकि सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् भने १२२० भन्दा बढी भवनमा क्षति पुगेको छ ।

यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।

मेक्सिकोको चर्चित रेस्क्यू डगले टर्कीमा भग्नावशेषमा दबिएका मानिसको खोजी गर्न मद्दत गरिरहेको छ । मेक्सिको आफ्नो तालिमप्राप्त र विशेष खोजी कुकुरका लागि परिचित छ । १६ वटा कुकुरको समूह मेक्सिकोबाट उद्धार कार्यका लागि टर्की पुगेका छन् ।

खराब मौसमका कारण चुनौती

टर्कीमा हिउँ परिरहेको छ । यस्तोमा उद्धार कार्यमा निकै समस्या भइरहेको छ । यति मात्रै होइन खराब मौसमका कारण हेलिकोप्टर पनि ल्यान्ड हुन सकिरहेको छैन । भूकम्पका कारण टर्की–सिरिया कोरिडोर पनि ध्वस्त भएको छ । यस्तोमा सडक मार्गमार्फत मद्दत पुर्याउन गाह्रो भइरहेको छ ।

  • २५ माघ २०७९, बुधबार १२:३२ प्रकाशित