राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि बस्दै छ । ‘राप्रपा नेपाललाई फेरि उठाउछौ’ भन्ने संकल्पका साथ पार्टी केन्द्रिय समितिको बैठक काठमाडौंमा बस्न लागेको हो ।

निर्बाचन र मुलुकको पछिल्लो राजनितीको समिक्षा , भाबी बैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गर्ने प्रबक्ता बसन्तमानसिंह अधिकारिले बताए ।

प्रतिबेदन माथी केन्द्रीय सदस्यहरुले टिप्पणी सहित आफ्नो धारणा राख्नेछन । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य बिषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए ।

  • ९ माघ २०७९, सोमबार ०९:२९ प्रकाशित