पोखरा ।
एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको नयाँ सभामुख बनेका छन् । सत्ता गठबन्धनका सभामुख उम्मेदवार घिमिरेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदको मत प्राप्त गर्दै सभामुख बनेका हुन् ।
संसदमा २६८ जना उपस्थित रहेकामा घिमिरेको पक्षमा १६७ मत परेको थियो । उनको विपक्षमा १०० मत र मत दिन्न पक्षमा १ मत परेको थियो । उनको पक्षमा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६, जसपाका १२, नागरिक उन्मुक्तिका ४ र तीन सांसदले समर्थन गरेका थिए ।
विपक्षमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका हुन् ।












