काठमाडौं ।
लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार९आज० लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका खाँडलाई पद तथा गोपनीयताको शपथ गराए। आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित एक समारोहमा सभामुख र उपसभामुख दुवैले शपथ लिएका थिए ।
लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड हिजो निर्विरोध निर्वाचित भएका थिए। सोही दिन दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा १–१ जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।












