सभामुखको विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारीको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ। कांग्रेसमा अहिले सभामुखमा उम्मेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन्।

सभामुखजस्तो पदमा विवाद नगर्न सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उम्मेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ।

सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

  • ४ माघ २०७९, बुधबार १०:३४ प्रकाशित