सरकार विस्तारमा जनमत पार्टीको असन्तुष्टि,आकस्मिक बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आफूले मागेको मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकारको विरोध गरेको छ ।

जनमतले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । मंगलबार गरिएको कार्यविभाजनअनुसार उसले खानेपानी मन्त्रालय पाएको छ । यसमा जनमतले सरकारको विरोध गरेको हो ।

यसपछि पार्टीका तर्फबाट मन्त्रीका रूपमा सरकारमै रहेका अब्दलु खानले भनेका छन्, ‘सरकारले हामीलाई किन उद्योग दिन सकेन । त्यसको स्पष्ट कारण चाहिन्छ ।’

त्यसअघि उनले भनेका छन्, ‘यो सरकारले हामीमाथि बेइमानी गर्‍यो । यसलाई हामी सहेर बस्दैनौँ । सरकारमा सँगै रहिसकेपछि सबै काम सहमतिबाट टुङ्गिनुपर्छ । हामीलाई जानकारी पनि छैन, केही पनि छैन । यो बेइमानीबाहेक केही होइन ।’

आफूले मागेकोभन्दा फरक मन्त्रालय पाएपछि जनमतको बैठक बसिरहेको छ । बैठकले निर्णय गरेपछिमात्रै पदभार ग्रहण गरेपनि गर्ने मन्त्री खानले बताए ।
जनमतले मागेको उद्योग मन्त्रालय भने एमालेका दामोदर भण्डारीले पाएका छन् ।

  • ३ माघ २०७९, मंगलवार १५:३२ प्रकाशित