पोखरा ।
राष्ट्रिय शोक विदाको दिनमा पनि गण्डकी प्रदेश सभा बैठक संचालन भएको छ । आइतबार पोखरामा भएको जहाज यती एयरलादुर्घटनामा ज्यान गुमाउनेहरुका सम्झनामा सोमबार मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रिय शोक विदामा पनि गण्डकी प्रदेश सभा बैठब सुरुचारु गरिएको छ । आज चल्ने प्रदेश सभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची रहेको प्रदेश सभाका सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
‘आज २ बजे प्रदेश सभाको बैठक प्रारम्भ हुने पोखरेलले बताए । बैठक लगत्तै उपसभामुखको निर्वाचन प्रत्रिया सुरु हुन्छ, निर्वाचनपछि दोस्रो बैठकमा आधा झण्डा झुकाई शोक प्रस्ताव पारित गरिनेछ,’ पोखरेलले बताए
संवैधानिक जटिलताले गर्दा प्रदेशसभा बैठक नरोकिने संसद सचिवालयको भनाई छ। पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने प्रावधानअनुसार माघ २ गते सभामुख उपसभामुख चयन गर्नैपर्ने सचिवालयले बतायो । सभामुख पुस ३० गते निर्वाचित भइसकेको र उपसभामुखको निर्वाचन बाँकी थियो ।













