गण्डकीको सभामुखमा माओवादीका धिताल निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको सभामुखमा सत्तापक्षका उम्मेदवार कृष्ण धिताल निर्वाचित भएका छन् । उनलाई सत्ता पक्षका एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका १ जनाले गरेर धितालको पक्षमा ३२ मत परेको हो ।

मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने दिन उपस्थित नरहेका एकीकृत समाजवादीका दीपक मनाङले सभामुखमा भने सत्ता पक्षका उम्मेदवारलाई मत दिएका हुन् । कांग्रेसका २७ मध्ये कांग्रेस नवलपुरका सांसद महेन्द्रध्वज जोशी उपस्थित भएनन् ।

कांग्रेसबाट सभामुखमा सरस्वती अर्याल तिवारी प्रतिस्पर्धामा थिइन् । अर्याल तिवारीको प्रस्तावमा मतदान गर्न परेन ।

  • ३० पुष २०७९, शनिबार १६:३६ प्रकाशित