पोखरा ।
गण्डकी प्रदेश सभामा सभामुखका लागि माओवादीका कृष्ण धिताल र कांग्रेसकी सरस्वती अर्यालको उम्मेदवारी दर्ता गराएका छन् । धिताल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।
११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेकामा २ जनाको उम्मेदवारी परेको हो । साढे १ बजे सचिवालयले उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । सभामुखको निर्वाचनका लागि शुक्रबारको बैठकले ३ बजेका लागि बैठक बोलाइएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनसंग ३२ सांसद छन् । प्रतिपक्षमा एक स्वतन्त्र सहित कांग्रेसका २७ सांसद छन् ।
खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने बेला प्रदेश प्रमुखकोमा हस्ताक्षर सहति पुगेका स्वतन्त्र सांसद राजिव गुरुङ भने अधिकारीले विश्वासको मत लिने बेला बैठकमा समेत उपस्थिति भएनन् ।












