गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो प्रदेशसभामा भएको मतदानमा सरकारको पक्षमा ३१ मत प्राप्त भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनको विपक्षमा २७ मत परेको छ ।

प्रस्तावको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रापाका २ जनाले मतदान गरे भने, विपक्षमा कांग्रेसका २७ मत परेको हो । एमालेका मित्रलाल बस्याल जेष्ठ सदस्यका हैसियतले सभामुखको भूमिकामा रहेकाले उनले मत दिएनन् ।

अधिकारी २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । २६ पुसमा सपथ लिएका अधिकारीलाई सुरुमा समर्थन दिएका एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) भने बैठकमा उपस्थित रहेनन् ।

 

 

  • २९ पुष २०७९, शुक्रबार १५:०३ प्रकाशित