काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ।
एकरदुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ।
राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ।केन्द्रमा अरू मन्त्रालय कुन-कुन लिने भन्नेबारे पार्टीमा आन्तरिक छलफल हुन बाँकी रहेको उनले बताए।












