गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदैं

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज(२९ पुस) विश्वासको मत लिदैं छन् ।विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनु अघि हिजो नेपाली कांग्रेससंग विश्वासको मत मागेका छन् । हिजो(बिहिबार)औपाचारीक पत्र पठाएर अधिकारीले कांग्रेससंग विश्वासको मत मागेका हुन् ।

३३ जना प्रदेश सभा सदस्यको समर्थन सहित मुख्यमन्त्री बनेका अधिकारीलाई विश्वासको मत पाउन सहज छ । अधिकारीले नेपाली कांग्रेस वाहेक प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको मत पाउने सम्भावना छ ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी ९राप्रपा० का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

  • २९ पुष २०७९, शुक्रबार ०९:२७ प्रकाशित