नेकपा एस अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।जापानी संसदका सदस्य मासाकी जैराले नेकपा एस अध्यक्ष नेपालसँग काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन् ।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको थियो ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरुको बीचका अन्तरसम्बन्धका बारेमा छलफल भएको नेकपा एसले जनाएको छ । भेटमा आर्थिक लगानीका विषयमा जापानका प्राथकितासम्बन्धी सुझाव आदानप्रदानसमेत भएको थियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको थियो ।

  • २८ पुष २०७९, बिहीबार १६:३९ प्रकाशित