अफगानिस्तानको विदेश मन्त्रालय नजिक विस्फोट : २० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ ।

बम विस्फोटमा परी २० जनाको ज्यान गएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् ।

टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ ।

  • २८ पुष २०७९, बिहीबार ०९:३९ प्रकाशित