आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता

केन्द्रभाग मिडिया

File photo

कैलाली ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् ।

उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् ।आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् ।लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ बैठकमा सहभागी एक नेताले भने ।

  • २७ पुष २०७९, बुधबार १४:१० प्रकाशित