प्रचण्ड निवासमा केपी ओली, माधव नेपाल पनि पुग्ने चर्चा

केन्द्रभाग मिडिया

प्रचण्ड निवासमा केपी ओली, माधव नेपाल पनि पुग्ने चर्चा

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको निवास पुगेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेका हुन् । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन् ।

प्रचण्ड निवासमा केही बेरमा एकीकृत समाजवादीका अध्ययक्ष माधव नेपाल पनि पुग्ने बताइएको छ ।

  • १३ पुष २०७९, बुधबार १२:२२ प्रकाशित