रुस–युक्रेन युद्धपछि पहिलोपटक अमेरिका जाँदै जेलेन्स्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस युक्रेन युद्द सुरु भए यता युक्रेनका राष्ट्रपति पहिलो पटक आज अमेरिका जादैं छन् ।

अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार उनले अमेरिका पुगेर समकक्षी जो बाइडेनसँग भेट वार्ता गर्ने छन् भने युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सांसदका दुवै सदनलाई संयुक्त संबोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसो त जेलेन्स्कीले गत मार्चमा पनि भर्चुअल माध्यमबाट अमेरिकी सदनलाई संबोधन गरेका थिए यद्यपी युद्द सुरु भए यताको यो पहिलो भौतिक भ्रमण भएको कारण यस भेटलाई विशेष चासोका साथ हेरिएको छ ।

रुसी हमलाको सुरुवातदेखि नै युक्रेनको पक्षमा रहेको अमेरिकाले आजको भेटवार्तापछि युक्रेनको समर्थनमा थप उल्लेखनीय सहयोगको घोषणा गर्ने विश्व समुदाय अनुमान रहेको छ ।

  • ६ पुष २०७९, बुधबार १६:०१ प्रकाशित