संसदीय दलको नेता छान्न नेकपा एसको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसेको छ । दलको नेता चयन गर्ने प्रयोजनका लागि आलोकनगरस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ ।

बैठकले समसामयिक राजनीतिक परिस्थिति, भावी सरकार गठन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

  • ४ पुष २०७९, सोमबार १३:५५ प्रकाशित