तारले खुट्टा बाँधेर परालले छोपेको अवस्थामा युवकको शव भेटियो

केन्द्रभाग मिडिया

वीरगञ्ज ।

बारामा खुट्टामा तारले बाँधेर परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ ।

बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

  • २९ मंसिर २०७९, बिहीबार १६:५० प्रकाशित