जनकपुरधाम ।
दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी सडक आन्दोलनमा उत्रिएकी छिन् । श्रीमान पंकज चौधरी पक्राउ परेपछि सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै उनी सडक आन्दोलनमा होमिएकी हुन् ।
नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरू गरेकी हुन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि छन् । उनीहरू विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरू गरेकी छन् ।
रामगोपालपुर चोकमा अहिले सवारी साधन ठप्प छ । ठाउँठाउँमा टायर बालिएको छ । सडकमा गुड्ने सवारी साधनहरू नेहा र निहारिकाले आफैं रोक्ने गरेकी छन् । उनीहरूले यातायात अवरुद्ध पारेका छन् ।
गत फागुनमा रामगोपालपुर ५ का पंकज चौधरी र नेहाबीच विवाह भएको थियो ।नेहाका परिवारले दाइजो र विवाहमा करिब करोडौं खर्च गरेको बताइन्छ । तर घरपरिवारले दाइजो अपुग भएको भन्दै यातना दिएको नेहाको आरोप छ । यातना मात्र नभई नेहाका श्रीमान् पंकजले परिवारको कुरा सुनि नेहामाथि निर्मतापूर्वक कुटपिट गरेको नेहाले बताएकी छिन् ।














