डिभी खुल्यो ! यसरी भर्नुहोस डिभी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को खुलेको छ। (बुधबार) गएराती नेपाली समयअनुसार राती पौने १० बजे (अक्टोबर ६, २०२१) बाट आवेदन खुलेको  काठमाडौँस्थित अमेरिकी दूतावास ले जानकारी दिएको छ ।

बुधबारबाट खुला भएको डिभी कात्तिक २३ (नोभेम्बर ९, २०२१) सम्म खुला रहनेछ ।  दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ। दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ।

आफैँ डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्। निवेदनकले आफ्नो परिवारका सबै सदस्यहरुको स्पष्ट विवरण राख्नुपर्ने छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।

डिभी आवेदनमा ६ महिनाभित्र खिचिएको फोटोमात्र प्रयोग गर्न पाइने छ। अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्नेछ।

दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको वैध, म्याद नसकिएको राहदानीको विवरण समावेश गर्नुपर्नेछ। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ। यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७९ वैशाख २५ वा त्यसपछि  www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ।

५५ हजार विदेशीलाई भिसाका लागि छनोट गर्ने बताइएको छ।

  • २१ आश्विन २०७८, बिहीबार १५:३५ प्रकाशित